१४ बैशाख २०८१, शुक्रबार

प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुँदै



काठमाडौं । संघीय सरकारले देशका सबै सात प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्न लागेको छ ।

संघीय सरकारकोे नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सात वटै प्रदेशमा सरुवा रोग अस्पतालका लागि स्थानको समेत टुंगो लागिसकेको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को मोरङ, प्रदेश २ को बारा, बागमती प्रदेशको भरतपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदशेको चनौटा कपिलवस्तु, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डोटीमा शिलन्यास हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।

सरकारले संक्रामक रोगको रोकथाम, उपचार र नियन्त्रणका लागि केन्द्रमा तीन सय शैय्या र रहेक प्रदेशमा ५० शैय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

त्यसैगरी, आज (सोमबार) कोशी अस्पताल, भरतपुर अस्पताल नारायणी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान अस्पतालमा आकस्मिक उपचार विभागको उद्घाटन हुने पनि सहप्रवक्ता अधिकारी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार