१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सरकारको चौमासिक प्रगति समीक्षा



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाल्र आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक ९साउनदेखि कार्तिकसम्म० प्रगतिको समीक्षा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार प्रगति समिक्षा गरिएको हो ।

?

समीक्षा कार्यक्रममा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रालयहरूबाट भएगरेको बजेट खर्च प्रगतिको समिक्षा गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार प्रगति समिक्षामा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले चाल्र आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी बजेट खर्च गरेको देखिएको छ । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले यो अवधिमा सबैभन्दा कम बजेट खर्च गरेको छ ।

प्रगति समिक्षा अनुसार प्रदेश सभा सचिवालयले यो अवधिमा १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले सून्य दशमलव ८१ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सात दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चार दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ दशमलव २५ प्रतिशत र सामाजिक विकास मन्त्रालयले आठ दशमलव ०८ प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यस्तै, वित्तीय हस्तान्तरण स्थानीय घरले आठ दशमलव ५१ प्रतिशत खर्च गरेको छ ।
कार्यक्रममा हरेक मन्त्रालयका सचिवहरूले आ–आफनो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विषयगत मन्त्रालहरूलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरूलाई आग्रह गरे । उनले निर्देशन दिए– कोरोना कहरबीच पनि चालू आर्थिक वर्षको पहिलो चौमासिकमा उत्साहजनक ढंगबाट बजेट खर्च भएको छ । राजश्व संकलन पनि सन्तोषजनक रहेको छ । अब चालू आर्थिक बर्षमा प्रभावकारी रुपमा तथा परिणाम देखिने गरी शतप्रतिशत बजेट खर्च गर्न लाग्नोस् ।

मुख्यमन्त्री भट्टले बजेट खर्चको अवस्था सन्तोषजनक रहेको बताए । साथै उनले राजश्व संकलनमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको जानकारी दिए । हाल सम्मको प्रगतिको समीक्षा गरीएको र अबको कसरी अगाडी बढ्ने भन्ने विषयमा समेत छलफल गरिएको मुख्यमन्त्री भट्टले बताए ।

उनले ‘पर्याप्त कर्मचारी नहुँदा पनि प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकर्मा बजेट खर्च बढाउन सफल भएको’ चर्चा गरे । भने– यसले चालू आर्थिक वर्षको अन्त्यसम्म ९० प्रतिशत बजेट खर्च हुने अपेक्षा गरेका छौं ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, विषयगत मन्त्रालयका सचिवहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार