१३ बैशाख २०८१, बिहीबार

थप ३५ जनामा कोरोना संक्रमण



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार  १ सय ६७ नमुना परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

धनगढीका ७,मोहन्यालका ४,गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका ३/३टिकापुर र स्थानीय तह नखुलेका १/१ जना गरी कैलालीका १९,कञ्चनपुरका ११,बझाङका २,अछाम र दार्चुलाका १/१  जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

सङ्क्रमितहरूमा  २३ पुरुष र १२ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार