८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन अनिश्चित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन कहिले सञ्चालन हुन्छ भन्ने अझैं टुंगो लागेको छैन । प्रदेश सभाको छैठौ (वर्षे) अधिवेशन गत साउन ३१ गते समापन भएको थियो ।

प्रदेशको छैठौं अधिवेशन समापन भएको चार महिना पुगे पनि आगामी हिउ“दे अधिवेशन कहिले सञ्चालन हुने भन्ने बारे अझैं टुङ्गो लागेको छैन । हिउदे अधिवेशनलाई विधान अधिवेशन पनि मानिन्छ । त्यस्तै, संसदमा जनसरोकार, जनजीविका, विकास निर्माण लगायतका विषयमा छलफल हुने गर्दछ । चार महिनादेखि संसद नचलेका कारण जनप्रतिनिधिहरूले मलवीऊको अभाव, कोरोना भाइरस संक्रमण नियन्त्रण, विकास निर्माण कार्यमा भइरहेका ढिलासुस्ती, जनताले भोगिरहेका समस्या लगायतका सवालमा सदनमा छलफल गर्न पािएका छैनन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विधेयक दर्ता नहु“दा प्रदेश सभा सञ्चालन हुन नसकेको जनाएको छ । कोरोना महामारी बीच छैठौं अधिवेशन समापन भए पनि हिउ“दे अधिवेशनको अझै सुरसार नरहेको संसद सचिवालयले जनाएको छ । सभामुख अर्जुनबहादुर थापाले पनि तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको बताए । ‘प्रदेका दुई जना मन्त्रीलाई कोरोना संक्रमण भएकाले तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना छैन’ सभामुख थापाले भने– सम्भवतः मंसिर महिनाको अन्तिम सातातिर सभा सञ्चालन हुन सक्छ । तर, यो मेरो अनुमान मात्रै हो ।

प्रदेश सभा सचिवालयमा अहिलेसम्म एउटा पनि नया“ विधेयक दर्ता भएको छैन । विधेयक दर्ता नभएका कारणले पनि तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको सभामुख थापाले बताए ।

‘प्रदेश सभा सञ्चालनको लागि मुख्य विषयवस्तु नै हामीसंग छैन’ उनले भने । उनले विधेयक दर्ता भएपछि मुख्यमन्त्रीसंग सल्लाह गरेर प्रदेश सभा सञ्चालनका लागि अगाडि बढ्ने बताए ।

प्रदेश सभा सञ्चालनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश प्रमुखले बैठक आह्वान गर्ने व्यवस्था रहेको छ ।

प्रदेश सभा बैठक सञ्चालन नभएपछि प्रदेश सभा सदस्यहरू आ–आफनो निर्वाचन क्षेत्रमा विभिन्न कार्यमा व्यस्त रहेका छन् । उनीहरू विकास निर्माणको काम, विभिन्न योजनाको निरीक्षण तथा अवलोकनका साथै जनताका समस्या बुझ्ने कार्य गरिरहेका जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ४२ वटा कानून पारित भएको छ । प्रदेश सरकारलाई काम कारबाहीका लागि आवश्यक पर्नेदेखि लिएर विकास निर्माण, रोजगारी, लोकसेवा आयोग, योजना आयोगसंग सम्बन्धित महत्वपूर्ण कानूनहरू निर्माण भइसकेका छन् ।

त्यस्तै, जनजीविकासंग सम्बन्धित कानूनहरू पनि प्रदेश सभाबाट निर्माण भइसकेका छन् । हालसम्म पारित भएका सबै कानूनहरू प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए ।

प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी दुई विधेयक भने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार