१३ बैशाख २०८१, बिहीबार

सडक निर्माणका लागि रुख काट्ने अनुमति



साढे नौ हजार बढी रुख काटिंदै

धनगढी । सरकारले सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डको सडक निर्माणका लागि सडकको सिमामा पर्ने रुखहरू काट्नका अनुमति दिएको छ ।

संघीय मन्त्रीपरिषद्को गत महिना बसेको बैठकले कैलालीको बर्दगोरिया र मोहन्याल गाउ“पालिकामा पर्ने बसन्ता सहितको राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको जनाइएको छ । यससंगै संघीय सरकारले सो सडक निर्माणका क्रममा सडकमा पर्ने रुखहरू काट्न अनुमति दिएको छ ।

मन्त्रीपरिषद्को बैठकको निर्णयसंगै संघीय वन तथा वातावरण मन्त्रालयले सेती लोकमार्ग सडक क्षेत्रमा पर्ने नौ हजार छ सय ८६ रुख कटानका लागि आदेश दिएको छ ।

मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ ।

वन मन्त्रालयको सो आदेशपछि अब सेती लोकमार्गको दक्षिणी क्षेत्रमा निर्माण हुने सडकखण्डको अवरोध हट्ने भएको छ । रुख कटान अनुमति नपाएकै कारण निर्माण कार्य प्रभावित भएकोमा अब सरकारको निर्णयपछि कामले गति लिने अपेक्षा गरिएको छ ।

यसअघि रुख कटानी आदेश नपाएकै कारण सेती लोकमार्ग निर्माणका लागि विनियोजन हुने बजेट समेत वर्षेनी फ्रिज जाने समस्या थियो ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले मन्त्रीपरिषद्ले रुख कटानीका लागि आदेश दिएस“गै सेती लोकमार्ग निर्माण हुने निश्चित भएको बताएका छन् । उनले निरन्तरको प्रयास र लामो संघर्षपछि रुख कटानीको आदेश पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार