६ बैशाख २०८१, बिहीबार

पहिलो पटक स्वास्थ्य केन्द्र



बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्द्राडी गाउँमा पहिलो पटक स्वास्थ्य सेवाको पहु“चमा पुगेको छ ।

सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाले स्वास्थ्य चौकीसँगै अहेब, अनमी, कार्यालय सहयोगी र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरेको उनले बताए ।

उनले छिट्टै प्रसुति सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

बाजुराको दुर्गम गाउँका रुपमा रहेको यो गाउँका बासिन्दाले यसअघि स्वास्थ्य सेवा लिन एक दिनको दुरीमा रहेको दहकोट स्वास्थ्य चौकी धाउने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार