१३ बैशाख २०८१, बिहीबार

आधुनिक सडक निर्माण हुदै



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास अयोजना अन्तर्गत आधुनिक सडक निर्माण अगाडि बढाइएको छ ।

आयोजना अन्तर्गत २७ करोड ८७ लाख ८७ हजार पाँच सय रुपैयाको लागतमा तीनवटा सडक निर्माण हुन लागेको बताइएको छ ।

आयोजना अन्तर्गत पिपलाडीमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथदेखि टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिने निर्माण कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए ।

सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार