६ बैशाख २०८१, बिहीबार

वस्तीमै गएर योजनाको सम्झौता



धनगढी । धनगढी उपमहानगरपालिकाले बुधबारदेखि बस्तीमै योजनाहरूको सम्झौता गर्न सुरु गरेको छ ।

कोरोना भाइरसको माहामारीका कारण सर्वसाधारणलाई उपमहानगरपालिकमा गएर योजनाहरूको सम्झौता गर्न समस्या भएकोले प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक, जनप्रतिनिधिसहित टोलबस्तीमै उपभोक्ता समितिसंग सम्झौता गर्न शुरु गरिएको छ ।

उपमहानगरपालिका प्रमुख वडले ‘१९ वटै वडाबाट उपभोक्ता समितिका पदाधिकारीहरु उपमहानगरपालिका आउदा भिडभाड हुनेकोले टोलवस्तीमै गएर योजनाहरूको सम्झौता गर्न शुरु गरेको’ बताए ।

बुधबार उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, डिभिजनल ईन्जिीनियर द्विजराज भट्ट र योजना तथा लेखा शाखाका कर्मचारीहरूसहितको टोलीले वडा नम्बर १५ का १३ वटा योजनाहरूको सम्झौता गरिएको बताइएको छ ।

योजनाको इस्टीमेट नेपाली भाषामा

धनगढी उपमहानगरपालिकाले अंग्रेजी भाषामा बनाइएका योजनाहरूको लागत इस्टीमेट सबै उपभोक्ताले नबुझ्ने गरि नेपाली भाषामा अनुवाद गरेर कार्यान्वयनमा ल्याएको छ ।

उपमहानगरपालिकाका ओभरसियर निर्मल देउवाले नेपाली भाषामा बनाएको ईस्टीमेट सामान्य लेखपढ गर्ने उपभोक्ताले बुझ्ने भएकाले विकास गरिएको बताए । उनले भने– प्राविधीक शब्द अंग्रेजीमा हुदा उपभोक्तालाई बुझ्न समस्या थियो । नेपाली भाषामा लागत ईस्टीमेट बनाउ“दा सबैलाई सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार