८ बैशाख २०८१, शनिबार

कैलाली भन्सार कार्यालयद्वारा लक्ष्य ३५ प्रतिशत बढि राजश्व संकलन



धनगढी । कैलाली भन्सार कार्यालय पहिलो चौमासिकमा दुई अर्व ७६ करोड ७७ लाख ७६ हजार रुपैया राजस्व संकलन गरेको छ । दुई अर्व लाख ४९ करोड ४५ लाख ८१ हजार रुपैया लक्ष्य रहेकोमा यसको लक्ष्य ३५ प्रतिशत बढि राजश्व संकलन भएको हो ।

कैलाली भन्सार कार्यालय धनगढीले पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । दुई अर्ब लाख ४९ करोड ४५ लाख ८१ हजार रुपैया राजश्व संकलन लक्ष्य रहेकोमा पहिलो चौमासिकमा ३५ प्रतिशत बढी राजश्व संकलन गरिएको कैलाली भन्सार कार्यालय कैलालीका अधिकृत यज्ञराज जोशीले बताए ।

चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना साउनमा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, भदौ महिनामा ११ प्रतिशत बढी, असोजमा सात प्रतिशत र कार्तिक महिनामा आठ प्रतिशत बढी राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु लगायत मेसिनरी सामानहरू बढी राजश्व संकलन भएको हो । यही हाराहारीमा राजश्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजश्व संकलन हुने कार्यालयको दाबी छ । चालू आर्थिक वर्षका लागि कार्यालयलाई सात अर्व ८७ करोड दुई लाख ३७ हजार रुपैया वार्षिक लक्ष्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार