८ बैशाख २०८१, शनिबार

प्रदेश सरकारकाे पुँजिगत खर्च कमजोर



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा पुँजिगत बजेट खर्चको स्थिति कमजोर देखिएको छ ।

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

गत वर्षको तुलनामा चालू आथिक वर्षमा बजेट खर्चको प्रतिशत केही बढेको भए पनि चालू खर्चको तुलनामा यस वर्ष पनि अहिलेसम्म पुँजिगत बजेट खर्चको अवस्था कमजोर देखिएको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चालू तर्फको बजेट खर्च एक अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ (६ दशमलव ६५ प्रतिशत तथा पुँजिगत तर्फको बजेटमा ९९ करोड ३८ लाख ७६ हजार रुपैयाँ (पाँच दशमलव ९३ प्रतिशत) खर्च गरेको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा पनि सुदूरपश्चिम प्रदेश सरकारको चालू बजेट भन्दा पुँजिगत बजेट खर्च कमजोर थियो । गत वर्ष यो अवधिमा चालू बजेट खर्च पाँच दशमलव ४० प्रतिशत थियो भने पुँजिगत बजेट खर्चको प्रतिशत कुल बजेटको तीन दशमलव ५२ प्रतिशत मात्रै रहेको थियो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा गत आर्थिक वर्षको तुलनामा एक दशमलव २५ प्रतिशत चालू र दुई दशमलव ४१ प्रतिशतले पुँजिगत खर्च बृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिलो चौमासिकको प्रगति सार्वजनिक गर्न बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कुल दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ (६ दशमलव २९ प्रतिशत) बजेट खर्च भएको बताए । उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा चार दशमलव ५३ प्रतिशत मात्र बजेट खर्च भएको थियो ।

चालू आर्थिक वर्ष प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा कुल खर्च एक दशमलव ७६ प्रतिशतले बृद्धि गरेको जनाएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले २२ अर्ब ३८ करोड १३ लाख ५८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गत आर्थिक वर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैया बजेट पेस गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढि खर्च सुदूरपश्चिम प्रदेश सभाले गरेको छ । प्रदेश सभा सचिवालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चालूतर्फ २३ दशमलव ५० प्रतिशत र पुँजिगत तर्फ तीन दशमलव ३८ प्रतिशत खर्च गरेको जनाएको छ । प्रदेश सभाका लागि चालू आर्थिक वर्षमा १५ करोड ३२ लाख १४ हजार चालू र तीन करोड ७८ लाल ५० हजार रुपैया पुँजिगत गरी १९ करोड १० लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा थोरै बजेट खर्च (सून्य दशमलव ८१ प्रतिशत) गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालूतर्फ सून्य दशमलव ८० र पुँजिगत तर्फ एक दशमलव २७ प्रतिशत खर्च गरेको जनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा चालू तर्फको भन्दा पुँजिगत खर्च बढि गरेको छ । चालू आर्थिक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि चालू तर्फ एक अर्ब ६१ करोड ९९ लाख ८५ हजार र पुँजिगत तर्फ दुई करोड २४ लाख ४५ हजार रुपैयाँ सहित कुल एक अर्ब ६४ करोड २४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेट एक अर्ब ७८ करोड ९२ लाख ७७ हजार रुपैयाँ मध्ये एक दशमलव २९ खर्च गरेको जनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चालू तर्फ दुई दशमलव २४ र पुँजिगत सून्य दशमलव ६३ खर्च प्रतिशत खर्च गरेको जनाएको छ ।

त्यस्तै, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू तर्फ आठ दशमलव ७० र पुँजिगततर्फ पाँच दशमलव २८ प्रतिशत बजेट खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालूतर्फ चार दशमलव ३३ र पँजिगत चार दशमलव १० प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालय चालूतर्फ २२ दशमलव ५३ र पुँजिगत एक दशमलव ९०, भौतिक पुर्वाधार विकास मन्त्रालयले चालूतर्फ २३ दशमलव ४० र पुँजिगत सात दशमलव ७१ प्रतिशत तथा सामाजिक विकास मन्त्रालयले चालू तर्फ नौ दशमलव ५८ र पुँजिगत तर्फ चार दशमलव २७ प्रतिशत खर्च गरेको जनाइएको छ ।

प्रदेश सरकारले स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरणका लागि छुट्याएको दुई अर्ब १३ करोड ५० लाख रुपैयाँ मध्ये आठ दशमलव ५१ प्रतिशत (१८ करोड १६ लाख ६७ हजार रुपैयाँ) हस्तान्तरण गरिसकेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । वित्तीय व्यवस्था शिर्षकको ३० करोड र अर्थ विविध शिर्षकमा राखिएको तीन अर्ब ८८ लाख ६९ हजार रुपैयाँबाट खर्च नभएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष कुल बजेटको ६२ दशमलव ८२ प्रतिशत मात्रै खर्च गर्न सकेको थियो । मन्त्री बोहराले चालू आर्थिक वर्ष बजेट खर्च ९० प्रतिशत भन्दा बढि हुने अनुमान रहेको बताए । उनले पहिलो चौमासिकमा प्रदेश सरकारको बजेट खर्च सन्तोषजनक रहेको बताए । ‘कर्मचारीको कमी तथा कोभिड–१९ का बावजुद हामीले बजेट खर्च बढाएका छौ’ मन्त्री बोहराले भने– अर्को चौमासिकमा ४० प्रतिशत र आर्थिक वर्ष अन्यसम्म ९० प्रतिशत भन्दा बढि बजेट खर्च हुनेछ ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रदेश सरकारले लक्ष्यभन्दा बढि राजश्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमा ३१ करोड नौ लाख ६६ हजार रुपैयाँ (४५.९३ प्रतिशत) राजश्व संकलन गरेको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष सोही अबधिमा प्रदेश सरकारले ३२.१२ प्रतिशत राजश्व संकलन गरेको थियो ।

मन्त्री बोहराले करको दर घटाएर करको दायरा फराकिलो बनाएकाले चालू आर्थिक वर्षमा उत्साहजनक रुपमा राजश्व संकलन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार