१३ बैशाख २०८१, बिहीबार

लालझाडीमा पक्की सडकको शिलन्यास (भिडियो सहित)




लालझाडी (कञ्चनपुर) / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको लालझाडी क्षेत्रको भौतिक विकासका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।

बुधबार वाणी –देखतभूली– कञ्ज – शंकरपुर –पचगडिया–वाइसेविछवा सडकको शिलन्यास गर्दे मन्त्री बोहराले तीनै तहका सरकार मिलेर लालझाडी क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताए ।

मन्त्री बोहराले पहाडी क्षेत्र जस्तै विकट तराईको लालझाडी गाउँपालिकाका सडक र पुल बनाउन अवको समपुरक बजेटमा समेत लालझाडी क्षेत्रलाई समेट्ने प्रयास गरिने बताए ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङले अवको दुई वर्ष भित्र लालझाडीलाई पूर्वपश्चिम राजमार्ग र दक्षिणको पुर्नवास नगरपालिकासंग सडक सञ्जालबाट जोडिसक्ने बताए । उनले भने, निर्माणाधिन दोधा नदीको पुलको निर्माण कार्य पनि चाँडै शुरु हुने बताए ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले विगतमा सो क्षेत्रको विकासका लागि प्रभावकारी काम नभएको बताउदै आफूहरु आएपछि धेरै काम हुन थालेको दावी गरे । हामी सङघ, प्रदेशसंग मिलेर सडक सञ्जाल लगायतका विकास निर्माणका काम गरेर गाउँपालिकालाई समृद्ध बनाउछौ उनले भने ।

पूर्वपश्चिम राजमार्गदेखि पुर्नवास नगरपालिका ( हुलाकी सडक ) सम्म ३३ किलोमिटर रहेको सो सडकको पाँच किलोमिटर बनेपछि अझै १९ किलोमिटर निर्माण गर्न वाँकी रहने पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ । यसअघि थप विभिन्न ठाउँमा गरेर नौ किलोमिटर पक्की सडक बनिसकेको छ ।

सो कार्यालयका प्रमुख दीपक नेगीका अनुसार ५.५ किलोमिटर सडक बनाउन प्रदे्श सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट अहिले पाँच करोड दुई लाख २४ हजार २१५ रुपियाँको ठेक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार