१३ बैशाख २०८१, बिहीबार

बैतडीमा जीप दुर्घटना हुँदा पाँचकाे मृत्यु



बैतडी । बैतडीकाे दशरथचन्द नगरपालिका १० पुट्कामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप ४ जना घाइते छन् ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाका ७५ बर्सिया पावर्ती चन्द, ७० बर्सिया पावर्ती चन्द, ७७ वर्षीय भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्सिया कालवती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइको   छ ।

उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । भारतबाट पेन्सन बुझेर फर्किएका हरू सवार जिप चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उनले जानकारी दिए मङ्गलवार दिउँसो १ बजेतिर जिप दुर्घटनामा परेको हो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार