८ बैशाख २०८१, शनिबार

पठनपाठनको अनुमति प्रदान



धनगढी । धनगढी उपमहानगरपालिले सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठनको अनुमति दिएको छ ।

उपमहानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।

पत्राचारमा उपमहानगरपालिकाले विद्यालय सञ्चालन कार्यढा“चा २०७७ अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारलाई हेरेर ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।

उपमहानगरपालिकाले दिएका विकल्पमा सबै विद्यार्थी राखेर कक्षा एकै समयमा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा कक्षा तथा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाइ पहिले जोखिम र अवस्था हेरी सञ्चालन गर्ने विकल्प दिइएको नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिलाई शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागितामा अनिवार्य मास्क लगाउने, भौतिक दूरी मिलाएर बस्ने, खाजा व्यवस्थापन लगायत विद्यालयमा रह“दा वा घर फर्किंदा वा पुगेपछि पालन गर्नुपर्ने आचारसंहिता समेत बनाउन निर्देशन गरेको छ ।

यस्तै, कुनै दिन केही कक्षा र कुनै दिन बा“की अरू कक्षा सञ्चालन हुनेगरी पालैपालो सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बा“की विद्यार्थी अर्को दिन वा सिफ्टमा हुनेगरी सञ्चालन गर्न विद्यालयलाई भनिएको छ ।

यस्तै, हप्तामा केही दिन केही घन्टा सञ्चालन गर्ने विकल्प समेत विद्यालयलाई दिइएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार