८ बैशाख २०८१, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट तीन जना उम्मेदवार



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट तीन जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् ।

?

आगामी १३ गते हुने उद्योग बाणिज्य महासंघको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको कैलालीबाट दुई र बाजुराबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनका लागि कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र बाजुराका उद्यमी देवबहादुर रोकायाले प्रदेशतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । भने टीकापुरका उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष परशु चपाईँले जिल्ला÷नगरतर्फको खुल्ला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

उद्योग बाणिज्य संघको निर्वाचनमा प्रदेशतर्फको केन्द्रीय सदस्य पदमा एक सिट रहेको छ । प्रदेश तर्फको केन्द्रीय सदस्यका लागि प्रदेशमा जिल्ला, नगर उद्योग बाणिज्य संघका अध्यक्ष र एक जना वर्तमान केन्द्रीय सदस्य मतदाता रहेका छन् भने खुला केन्द्रीय सदस्यका लागि देशभरीबाट मतदान हुनेछ ।

प्रदेशतर्फको एक केन्द्रीय सदस्यका लागि कुँवर र रोकायाबीच सहमतिको प्रयास भइरहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले दुवै जनाबीच सहमतिको प्रयास भइरहेको बताए ।

उम्मेदवारी दर्ता गराएका कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरले प्रदेशमा अन्तर्राष्ट्रिय व्यापारिक नाका, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, व्यवसायीका लागि कर छुट, बैंक तथा वित्तीय संस्थाबाट व्यवसाय गर्न लिएको ऋणको व्याज दर कम गर्ने, राज्यलाई व्यवसायमैत्री नीति बनाउन दबाव, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई राहत, भन्सार, बाणिज्य, घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा हुने झमेलाहरू समाधान गराउन पहल गर्ने लगायतका एजेण्डा सहित निर्वाचनमा उत्रिएको बताए ।

त्यस्तै, अर्का उम्मेदवार रोकायाले व्यवसायीहरूका सम्पूर्ण समस्याहरू समाधान गर्न साझा एजेण्डा बनाउने, धनगढीदेखि पहाडी दुर्गम जिल्लाहरूसम्म सहज यातायातको पहुच बढाउन, सबै निजी क्षेत्र मिलेर व्यवसायीका हकहित संरक्षण गर्ने, सरकारसंग यहाँको व्यवसायको विकास गर्न, उद्योगहरू सञ्चालनको वातावरण बनाउन पहल आफ्ना मुख्य एजेण्डा रहेको बताए ।

त्यस्तै, जिल्ला÷नगरतर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार चपार्इँले सुदूरपश्चिमको उपस्थिति मार्फत् व्यवसायीको कर, व्याज, भन्सार, दर्ता नविकरण लगायतका समस्या समाधान गर्ने, कोरोनाका कारण मारमा परेका व्यवसायीलाई सरकारबाट राहत दिलाउन पहल गर्ने, औद्योगिक क्षेत्र स्थापना र सुदूरपश्चिममा पर्यटन उद्योगको विकास गर्न सरकारसंग पहल गर्ने लगायतका एजेण्डा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार