११ बैशाख २०८१, मंगलवार

५२ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार ५२ जना नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार सूचना जारी गरेर सेती प्रादेशिक अस्पतालबाट ३७ जना र डडेल्धुरा जिल्ला अस्पतालबाट १५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । जसमा कैलालीका ४१, कञ्चनपुरका तीन, डडेल्धुराका सात, दार्चुलाका एक र डोटीका तीन जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालले सोमबार जारी गरेको सूचना अनुसार सबै भन्दा बढि धनगढी उपमहानगरपालिकाका २५, गोदावरी नगरपालिका र जानकी गाउँपालिका २÷२, भजनी नगरपालिकाका चार र बर्दगोरीयाका एक गरी कैलालीका ३४ जना, कञ्चनपुरको कृष्णपुर र पुनर्वासका १÷१ र डडेल्धुराको पर्शुरामका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा २९ पुरुष र ८ महिला रहेको अस्पतालले जनाएको छ ।

मन्त्रालयलेृ हालसम्म सुदूरपश्चिममा १० हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा नौं हजार ४७ जना निको भएर घर फर्किएका छन् भने ३६ जनाको मृत्यु भइरहेसकेको छ । सोमबार कैलालीका ८०, कञ्चनपुरका ६ र बैतडीका चार गरी ९० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सोमबारसम्म प्रदेशमा एक हजार सात सय ३४ जना संक्रिय संक्रमित रहेका छन् । अछामका ६८, बैतडीका ४८, बझाङका दुई सय २३, बाजुराका २०, डडेल्धुराका दुई सय ३२, दार्चुलाका दुई सय ३१, डोटीका एक सय ४८, कैलालीका सात सय ३२, कञ्चनपुरका ९८ र अन्य जिल्लाका २४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार