१४ बैशाख २०८१, शुक्रबार

कर तिर्न नसकेका व्यवसायीलाई जरिवाना मिनाह



धनगढी । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर तिर्न नसकेका व्यवसायीलाई जरिवाना मिनाह गर्ने भएको छ ।

लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको हाे ।

कार्यालयले सूचना जारी गर्दै विसं २०७५ असार मसान्तसम्मकाे भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विसं २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र पाँच प्रतिशत व्याजसमेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ ।

अगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिइएको छ । यसैबीच कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुखलगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार