१५ चैत्र २०८०, बिहीबार

३७ जना काेराेना संक्रमित थपिए



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।

अस्पतालले साेमबार जारी गरेकाे सूचना अनुसार सबै भन्दा बढि धनगढी उपमहानगरपालिकाका २५, गोदावरी नगरपालिका र जानकी गाउँपालिका २/२, भजनी नगरपालिकाका ४ र बर्दगाेरीयाका १ गरी कैलालीका ३४ जना, कञ्चनपुरको कृष्णपुर र पुनर्वासका १/१ र डडेल्धुराको पर्शुरामका १ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूमा २९ पुरुष र ८ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार