१३ बैशाख २०८१, बिहीबार

आयल निगमको भण्डार क्षमता बृद्धि गरिदै



धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल आयल नियमको भण्डार क्षमता बढाइने भएको छ । ९० दिनका लागी इन्धन भण्डार गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा भण्डार केन्द्र निर्माण हुन लागेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

निगमको क्षमता बिस्तारका लागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा गोदावरी नगरपालिका ८ स्याउले मा रहेको शिवशक्ती सामुदायिक बन परिसरमा भण्डारण केन्द्र सञ्चालनमा आउने प्रादेशिक प्रमुख चिरजंन दासले बताए ।

यसको आवश्यक प्रक्रियाका लागी उद्योग मन्त्री भट्ट नेतृत्वको टोलीले आइतबार उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक बनका पदाधिकारी र आयल निगमका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

हाल आयल निगमस“ग पेट्रोलियम पदार्थ भण्डारका लागी न्यून मात्रामा क्षमता छ । गोदावरीको स्याउलेमा भण्डार केन्द्र सञ्चालनमा आए ९० दिन सम्म भण्डारण गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार