२२ जना काेराेना संक्रमित थपिए
धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएकाे परीक्षणमा २२ जनामा नाेबेल काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।
अस्पतालले अाइतबार सार्वजनिक गरेकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा ८ महिला र १४ जना पुरूषमा काेराेना संक्रमण पुष्टी भएकाे हाे । जानकारी अनुसार कैलालीका १९, कञ्चनपुरका दुर्इ र बैतडीका एक जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिकाका १०, टीकापुर नगरपालिकाका ३, जानकी गाउँपालिकाका ३, जाेशीपुर गाउँपालिकाका २ र कैलारी गाउँपालिकाका एक जनामा काेराेना संक्रमण भएकाे छ । कञ्चनुरकाे महाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका १/१ जनामा काेराेना संक्रमण भएकाे छ ।