१० श्रावण २०८१, बिहीबार

मालपाेत कार्याल अनिश्चितकालका लागि सिल



टीकापुर । टीकापुरकाे मालपोत कार्यालय अाइतबाररदेख अनिश्चितकालका लागि सिल गरिएको छ ।

कार्यालयका एकजना कर्मचारीमा कोरोना भाइरस संक्रमणा भएपछि कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको हाे ।

कार्यालयले सूचना जारी गर्दै सेवाग्राही तथा सर्वसाधारणमा कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गरेको छ । सार्वजनिक सूचनामा आन्तरिक, प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाईएको छ ।

कार्यालयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दिएको छ । ती महिलाका घरका अन्य सदस्यलाई कोरोना संक्रमण भएपछि स्वाव संकलन गरिएको थियो ।

ती महिला कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाव संकलनको तयारी भैरहेको खरिदार प्रेम प्रकाश सिंहले जनाए । उनका अनुसार सोमवार बिहान सबै कर्मचारीको स्वाव संकलन गरिनेछ । कार्यालयमा हाल १५ जना कर्मचारी कार्यरत छन् ।

स्वाव संकलन पश्चात रिपोर्ट नआएसम्म कार्यालयको सेवा ठप्प रहने छ । खरिदार सिंहका अनुसार कर्मचारीको कोरोना रिपोर्टका आधारमा सेवा सुचारु गर्ने नगर्ने बारेमा निष्कर्षमा पुगिने छ ।

मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक घुईँचो हुने गरेको छ । केही दिन अघि कार्यालयले कोरोना रोकथामका लागि भन्दै स्थानीय पालिका अनुसार सेवाग्राहीको काम आलोपालो मिलाए थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार