२३ बैशाख २०८१, आईतवार

सुपथ मुल्य पसल बन्द



धनगढी । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएका छन् ।

Consumers throng Fair Price Shop at Jadibuti operated by Nepal Salt Trading Ltd in Kathmandu, on Wednesday, September 28, 2016. Photo: RSS

शाल्टट्रेडिङ कर्पोरेशनद्वारा असोज १५ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलमा करिब एक करोड रुपैया बराबारको कारोबार भएको जनाइएको छ ।

“शनिबारदेखि सुपथ मूल्य पसल बन्द भएका छन्” साल्ट ट्रेडिङ कर्पोरेशनका नायव महाप्रबन्धक केशव प्रसाद पाण्डेले भने– यो अवधिमा हामीले एक करोड रुपैयाँ बढीको कारोबार गरेका छौ । सुपथ मूल्य पसल रहेको स्थानमा अव हामीले स्थायी बिक्री डिपो सञ्चालनमा राख्ने छौ ।

असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सञ्चालनमा रहेका सुपथ मूल्य पसलबाट २० हजार बढी उपभोक्ताले लाभ लिएको नायव महाप्रबन्धक पाण्डेले बताए ।

पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड रहेको थियो । उपभोक्ताहरुले चाडपर्वका अवसरमा मात्र नभएर प्रत्येक दिन सेवा पाउने गरी सुपथ पसल सञ्चालन गरिनु पर्ने माग गरे ।

“चाडपर्वको समयमा मात्र नभएर स्थायी रूपमै सस्तो पसल सञ्चालनमा ल्याउनु पर्छ” धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरका हर्कबहादुर धामीले भने– सरकारले सस्तो पसल सञ्चालन गरे धेरै राहत हुन्थ्यो । बजारमा भइरहेको कालोबजारी पनि केही कम हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार