१० श्रावण २०८१, बिहीबार

५१ जना काेराेना संक्रमित थपिए



धनगढी । पछिल्लाे २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा कैलालीका कैलालीका ४५ र कञ्चनपुरका ६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कैलालीमा सबै भन्दा धेरै धनगढीमा संक्रमण देखिएको जनाए ।

धनगढी उपमहानगरपालिका भित्रका विभिन्न वडाहरूमा एकै दिन २७ जनामा संक्रमण पुष्टि भएको छ । टिकापुरमा १६ जना र गौरिगंगामा १ जना सङ्क्रमित भएका छन् । कैलालीका १ सङ्क्रमितको स्थानीय  तह खुलेको छैन ।

कञ्चनपुरको भिमदत्तमा ५ जना र बेल्डाडीमा १ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७७ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार