१० श्रावण २०८१, बिहीबार

कैलालीमा थपिए ३८ संक्रमित



धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएकाे परीक्षणमा कैलालीका ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा तीन सय १८ जनाको स्वाव परीक्षण गर्दा कैलालीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपाकिला वडा नम्बर १ का २ जना, वडा नम्बर २ र ४ का ३/३ जना र वडा नम्बर ५ का ७ जना रहेका छन् ।

उनले सेतीकै परिक्षणमा शुक्रबार गोदावरी नगरपालिकाका २ जना, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टिकापुर नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको जनाए ।

शुक्रबार नै सेतीको परीक्षणमा भजनी नगरपालिकाका ८ जना, लम्कीचुहा नगरपालिकाका ६ जना र पहिचान नखुलेका कैलालीका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार