१२ श्रावण २०८१, शनिबार

छठ पर्व मनाइदै



धनगढी । आस्थाको महापर्व छठ पर्व मनाइदै छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (बुधबार) बाट शुरु भएको थियो ।

निकै निष्ठाका साथ मनाइने छठमा भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । पञ्चमी तिथिमा बिहीबार दिनभर उपवासमा बसेर सा“झको समयमा नया“ माटोको चुल्होमा खीर पकाउ“छन् ।

त्यसपछि घरको देवीदेउताको पूजामा चढाइएको खीर प्रसादको रुपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ । भगवान सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवासमा बसेर सा“झमात्र प्रसाद ग्रहण गरेर पुनः उपवासको निरन्तरता दिन्छन् । त्यसपछि, सप्तमी तिथिको बिहानसम्म अर्थात कम्तीमा ५० घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ ।

त्यसपछि, षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउ“दै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउ“दै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नया“ माटोका भा“डो र बा“सको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ । कतिपय व्रतालुले भने परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व सुरु गर्ने गरेका छन् ।

पर्व मनाउने परिवारका व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही व्रतालुले तिनीहरूको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ ।

सुनसान मोहना नदी

हरेक वर्ष छठ पर्व शुरु हुनुअघि मोहना नदीलाई सिंगारिने गरिन्थ्यो । यस वर्ष कोरोना संक्रमण तथा जोखिमलाई दृष्टिगत गर्दै सामुहिक रुपमा छठ पर्व नमनाइने भएको जनाइएको छ ।

सामुहिक रुपमा छठ नमनाउने भएपछि तराई मधेसमा उल्लासका साथ मनाइने छठ पर्वका अवसरमार दुलही झै सजिइने धनगढीको मोहना घाट यस बर्ष सुनसान बनेको छ ।

छठ पर्व सुरु नहुँदै मोहना नदीलाई सिंगारिन सुरु गर्ने तराई वासीले यस बर्ष कोरोना संक्रमणका कारण सामुहिक छट नमनाउने निर्णय गरेका छन् । जसका कारण मोहना नदीको तटिय क्षत्रलाई सिंगार नगरिएको धनगढीका जयप्रकाश चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि यस बर्ष अन्य पर्व झै छठ पर्वलाई सामुहिक रुपमा नमनाउन आग्रह गरेको छ ।

‘सामुहिक रुपमा पर्व मनाउ“दा कोरोना संक्रमण बढ्ने जाखिम हुन्छ’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने–‘त्यसैले यस बर्ष सुरक्षित रहेर पर्व मनाउन आग्रह गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार