२३ बैशाख २०८१, आईतवार

स्वास्थ्य बिमा सहायता कक्ष स्थापना



धनगढी । कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य विमा सहायता कक्ष स्थापना गरिएको छ । विमा बोर्डले सञ्चालनमा ल्याएको यो पहिलो सहायता कक्ष हो ।

दक्षिण कोरियाली सहयोग नियोग (कोइका) को सहयोग, नेपाल सरकार स्वास्थ्य विमा बोर्डको समन्वय र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सहायता कक्षको बिहीबार उद्घाटन गरिएको हो ।
कक्षको जोशीपुर गाउ“पालिकाका अध्यक्ष रामकृष्ण चौधरी, स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्र, विमा बोर्डका प्रदेश संयोजक जनक बहादुर साउ“दले संयूक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
सो अवसरमा गाउ“पालिका अध्यक्ष रामकृष्ण चौधरीले सहायता कक्षले स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । उनले भने– अहिले विमाबारे धेरै मानिसलाई जानकारी छैन । त्यसैले अधिकांस कार्यक्रममा समावेश हुन सकेका छैनन ।
उनले सहायता कक्षमा विमित्तका गुनासाहरूको पनि सम्बोधन गर्न मद्दत पुग्ने बताए ।
गाउ“पालिका उपाध्यक्ष गीता कठरियाले गाउ“पालिकाले विमा कार्यक्रमलाई प्रभावकारी बनाउन निशूल्क विमित्त बनाउने कार्यक्रम अघि बढाएको बताइन । उनले भनिन– गत वर्ष गाउ“पालिकाका दुई सय घर परिवारको निशूल्क विमा गर्ने योजना थियो । तर, कोरोनाका कारण कार्यक्रम गर्न सकिएन । यस वर्ष हामीले दुई सय घरपरिवारको विमा गर्ने कार्यक्रम बनाएका छौं ।
स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्रले विमाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई स्वास्थ्यको पहु“चमा ल्याउने भए पनि अहिले पनि प्रदेशमा प्रभावकारी हुन नसकेको बताए । उनले भने– सेवाप्रदायक संस्थाको कमजोरी हो या विमित्तको कमजोरी हो यसबारे पहिचान गरी कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।’
विमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले बोर्डले पूर्ण विमित्त वडा तथा स्थानीय तह अभियान सञ्चालन गर्ने तयारी रहेको बताए । उनले भने– प्रदेशका नौ वटै जिल्लामा विमा कार्यक्रम लागु छ । अब पूर्ण विमित्त अभियान सञ्चालन गरी सबैलाई विमा कार्यक्रममा समावेश गरीने छ ।’ उनका अनुसार प्रदेशभरी हालसम्म एक लाख ३० हजार बढी विमित्त रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोइकाका कन्स्लटेन्स निरज लेखक, वडा नम्बर ६ का अध्यक्ष नथुप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्देश्य तथा स्वागत केन्द्रका प्रमुख डाक्टर दीपक जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार