१० श्रावण २०८१, बिहीबार

बैतडी बस दुर्घटना : नौ जनाको मृत्यु, ३४ घाइते ( नामावलीसिहत)





बैतडी / बैतडी र दार्चुलाको सीमाना गन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार राति खोड्पेमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् ।

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवन दूत यातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट छ सय मिटर तल भीरमा खसेको छ । बसका टुक्रा टुक्रा भएका छन् । बसमा करिब ५० जना सवार थिए । अहिलेसम्म जम्मा ४३ जनाको मात्र विवरण प्राप्त भएको छ । बस भीरमा खसेकोले थप विवण आउन सक्ने प्रहरीले जनाएको छ ।

घाईतेहरुको राति नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको नामावली भने खुलेको छ ।

दुर्घटनामा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका छन् । घाइते हुनेमा वीरबहादुर कार्की, बिमला कुँवर, नितेश कुँवर, दिपा चन्द, बिमला बडु, अशोक जोशी, जनक धानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशाल धर्तीमगर, कर्णबहादुर बिष्ट घाइते भएका छन् ।

यस्तैगरेर अस्मीता बिष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजी लामा, कल्पना कार्की, कौशल साउद, वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह पनि घाइते भएका छन् ।

उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएकतडीका थिए । घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनु भएको छ ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटनास्थलमा विहान थप प्रहरीको टोली परिचालन गरिएको बताए ।

अधिकारीले भने,‘ ३४ जना घाइतेको उद्धार गरेर रातभरिमा डडेल्धुरा पठायौं । मृतक नौ जना मध्ये आठ जनाको शब निकाल्न सकिए पनि एकजना बसमुनी च्यापिएकोले थप प्रहरी परिचालन गरिएको छ । बस भीरमा खसेकोले थप खोजी कार्य जारी छ । ’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार