१० श्रावण २०८१, बिहीबार

५९ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिममा बुधबार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको हाे । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले सबै भन्दा बढी सेती प्रादेशिक अस्पतालमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा १ सय ७२ जनाको परीक्षण गरिएकोमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । त्यस्तै डोटी अस्पतालको प्रयोगशालामा ५ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार