२२ बैशाख २०८१, शनिबार

अनुमतिबिना नै नदीजन्य पदार्थ संकलन हुदै



धनगढी । मंगलबार बिहान १० बजे । कैलालीको खुटिया नदी नजिक सडक छेउमा ढुङ्गाहरूको थुप्रो । नदीबाट दुई वटा ट्याक्टर ढुङ्गा बोकेर आइरहेका थिए । केही ट्याक्टरमा सडकमा थुपारिएका ढुङ्गा भरि“दै थियो । कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित देखिने दृश्य हो, यो ।
कैलालीको गोदावरी नगरपालिकाले अहिले कुनै पनि खोलामा नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननका लागि सम्झौता गरेको छैन । स्थानीयका अनुसार खुटीया नदीमा रातीको समयमा जथाभावी रुपमा नदीजन्य पदार्थ उत्खनन् हु“दै आएको छ ।
‘दिउ“सो भरी नदीमा ट्याक्टरहरू हु“दैनन्’ स्थानीय धना कामीले भनिन्– तर रातीको समयमा उत्खनन्का लागि निर्धारित क्षेत्रभन्दा माथिबाटै नदीजन्य पदार्थ संकलन हुने गरेको छ ।
धनाका अनुसार ट्याक्टरहरूले राती निषेधित क्षेत्रबाट ढुङ्गा भरेर सडक छेउमा जम्मा गर्ने गर्दछन् । उनले भनिन– राती खोलाबाट नदीजन्य पदार्थ स्थानीयहरूकै सहयोगमा संकलन गरिन्छ र त्यहा“बाट ट्याक्टरबाट बोकेर सडकमा ल्याएर थुप्रो लगाउछन् ।
खुटिया नदीमा बन्द्रागाढाभन्दा माथि उत्खनन गर्न नपाइने प्रावधान छ । स्थानीयका अनुसार अहिले बन्द्रागाढा भन्दामाथिनै पुगेर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । विगत लामो समयदेखि सोही नदीमा गिट्टी कुटेर बसेका कमला चौधरी भन्छिन् –अहिले त खोलामा ढुङ्गा पाउनै मुस्किल छ । त्यसैले ट्याक्टरहरू पनि हाटखोली, बन्द्रागाढाभन्दा माथि पुगेर संकलन गरिरहेका छन् ।
गोदावरी नगरपालिकाले पनि अहिले खुटिया नदीमा जथाभावी उत्खनन बढिरहेको स्वीकार गरेको छ । नगरपालिकाका आन्तरिक लेखा परिक्षक शाखाका राजेशप्रसाद जोशीले भने– अहिले खुटिया नदीमा रातीको समयमा उत्खनन भइरहेको जानकारी आएको छ । हामीले नियन्त्रणका लागि बिहान र सा“झ टोली परिचालन गरिरहेका छौं । उनले रातीको समयमा हुने उत्खनन् भने नियन्त्रण गर्न चुनौति रहेको बताए ।
उनले अहिले जथाभावी उत्खनन गर्ने एक सय बढी ट्याक्टरलाई कारवाही गरिसकिएको बताए । आन्तरिक लेखा परीक्षक जोशीले भने– अहिले नदीखोलाको ठेक्का भइनसकेकोले उत्खनन गर्ने ट्याक्टरहरूलाई नियन्त्रणमा लिई जरिवाना असुल गरिरहेका छौं ।
उनका अनुसार प्रति ट्याक्टरबाट पहिलो पटक तीन हजार रुपैया र दोहोरिएमा थप एक हजार रुपैया“ थप्दै जरिवाना असुल गर्ने गरिएको छ । उनले भने– अहिलेसम्म दोस्रो पटकसम्म ट्याक्टरहरूले उत्खनन गरेका कारण कारबाहीमा परेका छन । ती ट्याक्टरहरूबाट नगरपालिकाले पा“च लाख रुपैया बढी रकम असुल गरेको जनाइएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले नगरपालिकाले तीन वटा खोलामा नदीजन्य पदार्थ उत्खनन गराउने गरी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर विद्युतिय बोलपत्र आह्वान गरेको बताए । उनले भने– खुटीया नदीका लागि कसैको पनि आवेदन परेन । त्यसैले त्यसको पुनः विद्युतिय बोलपत्र आह्वान गरेका छौं भने गोदावरी र खैराना खोलाको ठेक्का मूल्यांकन तयारीमा रहेको छ ।
गोदावरी नगरपालिकाले खुटीया नदीमा चार करोड ८० लाख रुपैया, खैराना खोलाको ८५ लाख रुपैया र गोदावरी खोलाका लागि ५५ लाख रुपैया न्यूनतम रकम तोकेर विद्युतिय बोलपत्र आह्वान गरेको थियो ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा गोदावरी नगरपालिकाले खुटीया नदीमा आठ करोड रुपैया, खैराना खोलामा एक करोड ५० लाख रुपैया र गोदावरी नदीमा एक करोड ८१ लाख रुपैयामा उत्खनन गराउने ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार