७ कार्तिक २०८१, बुधबार

६३ जनामा काेराेना संक्रमण



धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लाे २४ घण्टामा गरिएकाे परीक्षणमा ६३ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

अस्पतालकाे प्रयाेगशालामा तीन सय ४१ जनाकाे स्वाब परीक्षण गर्दा १७ जना महिला र ४३ जना पुरूषमा काेराेना संक्रमण पुष्टी भएकाे हाे । अस्पतालले कैलालीकाे धनगढी, भजनी, टीकापुर, गाेदावरी, घाेडाघाेडी, कञ्चनपुरकाे बेलाैरी, भिमदत्तनगर र अछामका नागरिकहरूमा संक्रमित देखिएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार