१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा सात सय बढि बालबालिका कोरोना संक्रमित



धनगढी । सुदूरपश्चिम प्रदेशमा १० वर्ष मुनिका सात सय मुनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नौ वटा जिल्ला रहेको यस प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार आइतबारसम्म सात सय २० बालबालिकामा कोरोना संक्रमण भएको छ ।
प्रदेशमा सबैभन्दा बढी डोटीमा ६४ बालिका र ८६ बालक गरी एक सय ५० जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका अनुसार कैलालीमा ७९ बालिका र २७ बालक गरी एक सय छ जना बालबालिका, बाजुरामा ३२ बालिका र ३२ बालक, बझाङमा ३२ बालिका र ५३ बालक, दाचुलामा पा“च बालिका ३ बालक, बैतडीमा १० बालिका र १२ बालकमा कोरोना संक्रमण भएको जनाइएको छ ।
यस्तै, डडेल्धुरामा सात बालिका र १६ बालक, अछाममा ४१ बालिका र ७८ बालक तथा कञ्चनपुरमा २६ बालिका र २७ बालकमा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार