१० श्रावण २०८१, बिहीबार

हाेमआइसोलसनमा दुई जनाकाे मृत्यु



धनगढी । कोरोना संक्रमित भई होम आइसोलसनमै बसेका कैलालीका २ जनाकाे मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार टीकापुर- १ का पुरुष र बर्दगोरिया-४ की महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको जनाइएको हो । यसअघि शुक्रबार मात्रै कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार