१० श्रावण २०८१, बिहीबार

९२ जनामा कोरोना संक्रमण



धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ९२ जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ ।

सेतीको प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर,डोटी, अछाम र सुर्खेतका ३० महिला र ६२ पुरुषमा कोरोना संक्रमण देखिएको हो । सबै भन्दा धेरै धनगढी उपमहानगरपालिका र त्यसपछि जानकी गाउँपालिका, टीकापुर नगरपालिका, बेटकोट नगरपालिका लगायतमा क्रमशः कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार