१२ श्रावण २०८१, शनिबार

वडा अध्यक्षकाे दाह संस्कार



धनगढी । कोरोना सङ्क्रमणबाट मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको शुक्रबार दिउँसो दाह संस्कार गरिएको छ । 

तेघरी स्थित श्री भवानी दल गणका सह सेनानी नबल सिंह  रोकायाको कमान्डमा खटिएको टोलीले  गौरिगंगा–३ कै शिव गङ्गा नदी छेउमा रहेको शिव सुन्दर सामुदायिक बनमा दाह संस्कार गरेको गणका प्रमुख सेनानी विकास केसीले जनाए । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्त, स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थितिमा दाह संस्कार गरिएको केसीले बताए । उनकाे शुक्रबार बिहान साढे ६ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियाे ।

स्वास्थ्यमा समस्या देखिएपछि १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका ७३ वर्षीय शाहलाई १७ गते कोरोना पुष्टी भएको थियो । फोक्सोमा समस्या देखिनुका साथै कडा खालको निमोनिया देखिए पछि १७ गते बाटै उनलाई भेन्टिलेटरमा राखिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार