१४ बैशाख २०८१, शुक्रबार

मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौ लगियो




धनगढी / कोरोना सङक्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री तथा प्रवक्ता प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौ लगिएको छ

स्वकीय सचिव जंग विकका अनुसार मन्त्री शाहका सिम्रिक एअरको हेलिकोप्टरमा काठमाडौ लगिएको हो । गत साता मन्त्री शाहलाई कोरोना देखिएको थियो ।

विहिबार बिहान मन्त्री शाहको नाकबाट रगत आउने समस्या देखिएपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आइरहेको पनि बताइएको छ ।

मन्त्री शाहकी श्रीमती लक्ष्मी भट्टलाई पनि कोरोना देखिएको छ । । उनको अवस्था सामान्य छ । हामी खानपिन गरिरहेका थियौ सबै सामान्य थियो विहिबार नाकबाट रगत आउने समस्या देखियो मन्त्री शाहकी श्रीमती भट्टले बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार