२ जेष्ठ २०८१, बुधबार

मन्त्री शाहको स्वास्थ्यमा सुधार, हेलिकोप्टरमा काठमाडौ लगिदै




धनगढी / सुदरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रवक्ता प्रकाशवबहादुर शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । यद्यपी उनलाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृण्णराज सुवेदीले स्वास्थ्यकर्मीहरुलाई उघृत गर्दे भने मन्त्री शाहको नाकबाट रगत आउन रोकिएको छ ।

उहाँलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौ लैजाने तयारी भइरहेको मन्त्री सुवेदीले बताए । उनले भने १२ बजे भित्र काठमाडौ पुगाउने तयारी भएको छ । शाहलाई ज्वरो आइरहेको पनि मन्त्री सुवेदीले बताए ।

गत साता कोरोना संक्रमण पुष्टी भएका मन्त्री शाहको बिहिबार नाकबाट रगत आएपछि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

शाहकी पत्नी लक्ष्मी भट्टलाईलाई पनि कोरोना देखिएको थियो । मन्त्री पत्नी भट्टले आफ्नो अवस्था सामान्य रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार