२ जेष्ठ २०८१, बुधबार

सुख्खा बन्दरगाहा बनाउन भारत सहयोगी हुन्छ मन्त्री भट्ट




धनगढी / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहित सुख्खा बन्दरगाह बनाउन भारतका अधिकारीहरु तयार रहेको बताएका छन् ।

प्रेस संगठन नेपाल कैलालीले सोमबार गोदावरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भारतको उत्तराखण्डस्थित रुद्रपुरसंग जोडेर अन्तरदेशीय विशेष आर्थिक क्षेत्रसहितको सुख्खा बन्दरगाह निर्माण गरिने उनले बताए ।

मन्त्री भट्टका अनुसार बन्दरगाहा बनाउन भारतीय पनि लालायित छन । उनले महाकाली नगरपालिका–१ स्थित मायापुरी र गौरीशङ्करमा सुख्खा बन्दरगाह बनाउनका लागि ४९६ हेक्टर क्षेत्रफल जग्गा लिने बताए ।

कञ्चनपुरमै दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कार्यलाई पनि अगाडि बढाइने मन्त्री भट्टले बताए । उनले आउँदो माघ महिनाभित्रै परियोजना कार्यालय स्थापना गरेर काम अगाडि बढाइने बताए ।


दैजी छेला औघोगिक क्षेत्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) भइसकेको छ । ९०० हेक्टर जमिनमा ठूला, मझौला र साना गरी १२४ वटा उद्योग स्थापना हुने मन्त्री भट्टले बताए ।

औद्योगिक क्षेत्र निर्माणको लागि आठ अर्ब रुपियाँ लाग्ने बताइएको छ । भने चार वर्षमा सो उद्योग तयार हुने जनाइएको छ । दैजी छेला औद्योगिक क्षेत्र स्थापना भएमा १५ हजारले प्रत्यक्ष र ५० हजार व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने अनुमान छ ।

lekrajbhatta #Driport

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार