५ जेष्ठ २०८१, शनिबार

सुख्खा बन्दरगाहाको काम युद्धस्तरमा हुन्छ : मन्त्री भट्ट




धनगढी / उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह बनाउनका लागि युद्ध स्तरमा काम हुने बताएका छन् ।

शुक्रबार कैलालीको अत्तरियामा आयोजित पत्रकार भेटघाटमा उनले सुख्खा बन्दरगाह बनाउनका लागि भारत पनि सहज देखिएको बताए । हामी केही दिनमै कञ्चनपुरमा बृहत छलफल गर्ने भएका छौ उनले बताए ।

दुई देशको वीचमा चाँडै सम्झौता गरेर टेन्डर निकालिने छ मन्त्री भट्टले भने अहिलेको अध्ययन अनुसार कुनै बस्ती हटाउनु नपर्ने गरेर सुख्खा बन्दरगाहका लागि एक हजार विगाहा जग्गा उपलव्ध हुने देखिएको छ ।

अर्को प्रसंगमा बोल्दै उनले बैतडीको डोगडाकेदारमा फोस्फोराइटको अध्ययन राम्रो देखिएकोले मल कारखाना खुल्ने सम्भावना निक्कै बढेको दावी पनि गरे ।

मन्त्री भट्टले औधोगिक ग्रामका लागि गण्डकी प्रदेशमा बढी उत्साह देखिएको बताउदै कारोना लगायतका कारण धेरै ठाउँमा राम्रो काम नभएको बताए ।

सुदूरपश्चिम प्रदेशमा पनि कञ्चनपुरमा दुई, डोटी र बैतडीमा एक/एक वटा औघोगिक ग्राम घोषणा गरिएको भए पनि डोटीमा मात्रै सन्तोषजनक काम भएको भेटिएको छ ।

#lekhraj Bhatta #minister

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार