१५ बैशाख २०८१, शनिबार

२२८ परिवारले पाए टुटी सहितको बाल्टी



धनगढी / धनगढी उपमहानगरपालिका –१६ उर्मा जलघुरर्साकी सुनिता चौधरी ३५ लिटरको बाल्टी पाएपछि खुसी छिन ।

उनले भनिन हामीले सरसफाई खास गरेर हात धुने तरिकामा लापरवाही गरेका थियौ अव सजिलो हुने भएको छ ।

कक्षा १२ मा अध्ययनरत चौधरीले फाया नेपालका स्वयमसेविकाले आमाहरुलाई हात धुन सिकाएपछि अहिलेआफ्नो पुरै मात्र होइन बस्ती नै हात धुने कुरामा सचेत भएको बताइन ।

सोही गाउँकी गृहणी धनरसरा साउदले पनि अहिले चार वेला छ तरिकाले हात धुन सिकेको बताइन । उनले भनिन, अव टुटी सहितको यो बाल्टी लगेर घर बाहिर अलि अग्लो ठाउँमा राखेपछि बाहिरबाट आउदा घर भित्र जाने बेला, भाडा धोइ सकेपछि, चर्पी गएर फर्किएपछि र खाना खानु अघि हात धुन सजिलो हुन्छ ।

फाया नेपालले अक्सफामको सहयोगमा सञ्चालन गरेको स्वछ्ता व्यवहार परिवर्तन परियोजनाले ‘आमाका चमत्कारी हात ’ भन्ने नाराका साथ महिलाहरुलाई सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही परिजनाले जलघुर्सामा २२८ परिवारलाई विहीबार टुटी सहितको बाल्टी वितरण गरिएको फाया अनुगमन तथा अभिलेख अधिकृत शेरबहादुर बस्नेतले बताए ।

परियोजनाका जनस्वास्थ्य प्रर्वद्धक रितु शाहका अनुसार सोही अभियान अन्तरगत फाया नेपालले विहिबार नै धनगढी उपमहानगर पालिकाका ६ वटा वडामा ९३३ घरधुरीलाई यस्तो बाल्टी वितरण गरिएको छ । दशै लगत्तै थप एक हजार घरधुरीमा समेत बाल्टी वितरण गरिने उनले वताइन् ।

उनले भने पहिलेदेखि नै घर भित्र आफू होस वा पाहुना जाँदा हातखुट्टा धुने चलन छ यो वाल्टी वितरण पछि हात खुट्टा धोएर भित्र जान सजिलो हुनेछ ।

दशै आएको छ त्यसैमा कोरोनाको महामारी छ यो बाल्टीले यस्तो बेला सरसफाईमा ध्यान दिन झन सजिलो बनाउने छ बस्नेतको भनाइ छ ।

#fayanepal #urma #kailali #sanitationprogramme

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार