१५ चैत्र २०८०, बिहीबार

प्रदेश सरकारले काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्ने



धनगढी । संघीय सरकारले कोरोना परीक्षण तथा  उपचार नगर्ने घोषणा गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले काेराेना संक्रमित निःशुल्क कोरोना परिक्षण तथा उपचार गर्ने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रि परिषदको बैठकले तिहार सम्मका लागि यथास्थितीमा कोरोना परिक्षण तथा उपचार गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख तथा प्रदेश कोरोना फोकल पर्सन नरेन्द्र सिंह कार्कीका अनुसार कार्तिक १२ गतेसम्मका लागि प्रदेशका नागरिकको निःशुल्क परिक्षण तथा उपचार गरिने छ ।

‘मन्त्रि परिषदको निर्णयले तत्कालका लागि यथास्थितीमै स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय गरेको छ भनेर मन्त्रीज्यूले जानकारी दिनुभएको छ’ उनले भने सोही निर्णय अनुसार हामीले तत्काल निःशुल्क परिक्षण गर्ने छौं ।’

 उनले पैशा तिरेर परिक्षण गर्न चाहेकालाई भने निर्धारित शुल्कमै परिक्षण गरिने बताए ।

सुदूरपश्चिममा हाल सम्म १ लाख २ हजार ५ सय ६३ जनाको स्वाव परिक्षण गरिएकोमा ९९ हजार ८ सय ७ जनाको स्वा परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ९ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार