१४ बैशाख २०८१, शुक्रबार

सरसफाईमा ध्यान दिने १७८ जना पुरस्कृत




धनगढी / विश्व हात धुने दिवसका अवसरमा धनगढीका उपमहानगरपालिकाका १७८ परिवारका महिलाहरु पुरस्कृत भएका छन् ।

वडा नम्बर १४, १५, १६, १७, १८ र १९ नम्बर वडाका ती महिलाहरुलाई छ वटै वडाका वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरुले शुक्रबार विभिन्न स्थानमा आयोजना भएका कार्यक्रममा पुरस्कार दिएका हुन ।

घर आँगन, गोठ, भकारो, पानी राख्ने ठाउँ, भान्छा, कोठाहरु, चर्पी, व्यक्तीगत सरसफाइ र सावून पानीले हात धुनेहरुलाई पुरस्कृत गरिएको फाया नेपालका अनुगमन तथा अभिलेख अधिकृत शेरबहादुर बस्नेतले बताए ।

फायाले डिएफआइडी, यूनिलिभर र अक्सफामको सहयोगमा सञ्चालन गरिरहेको स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्र्तगत विश्व हात धुने दिवसका अवसरमा पुरस्कृत गरिएको बस्नेतले बताए ।

पुरस्कारकारुपमा पाँच सय रुपियाँ बरावरको तीन थान हात धुने साबून, दुई लुगा धुने साबून, ब्रस, नेलकटर, १४ सेनिटयारी प्याड र ३० मास्क दिइएको छ ।

छ वटा वडमा एक हजार ८७२ परिवारबाट १० जनाका दरले १७८ समूह बनाइएको थियो । ती समूहका महिला सदस्यहरुले आफूमध्येबाट सबैभन्दा सफा परिवारलाई मतदानको प्रक्रियाबाट छानेका थिए ।

फायाका १२ जना भोलेन्टियर र वडामै रहेका महिला स्वयम्सेविकाले गत दुई सातादेखि घर, आगन, गोठ र व्यक्तीगत सरसफाइ कसरी गर्ने भन्ने अभियान सञ्चालन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार