७ बैशाख २०८१, शुक्रबार

४९ जना काेराेना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा शुत्रबार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक र डडेल्धुरा जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको ७ सय ९९ जनाको स्वाव परिक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धेरा अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको परिक्षणमा डडेल्धुरा र दार्चुलाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  १ सय ६२ जनाको स्वाव परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका २ जना, अमरगढी नगरपालिकाका ३ जना, आलिताल गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका ३ जना रहेका छन् ।

यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टाको अवधिमा ६ सय ३७ जनाको स्वाव परिक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकरी दिलिप कुमार श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ३६, गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र पहिचान नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार