१५ बैशाख २०८१, शनिबार

पत्रकार निर्मलाकाे न्यायका लागि आन्दोलन गर्ने



धनगढी । न्याय नपाएको भन्दै निर्मला पहराईका परिवारले आन्दोलन गर्न जनाएका छन् । धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले न्यायको लागि आन्दोलन गर्ने जनाएका हुन् ।असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका ५ फूलबारी सामुदायिक वनमा झुन्डिएको अवस्थामा सञ्चारकर्मी निर्मला पहराइको सव भेटिएको थियो ।

उनका आफन्तहरूले निर्मलाको हत्या गरेको दाबी गर्दै आइरहेका छन् ।पीडित पक्षको उजुरी पछि पक्राउ परेका ललित जाग्री १ लाख धरौटीमा छुटेका छन् । पीडित पक्षले पोस्टमार्टम रिपोर्ट गलत भएको भन्दै आन्दोलन गर्ने जनाएका हुन् ।

घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषि पक्राउ गर्न माग गर्दै शुक्रबार २ बजे घोडाघोडी नगरपालिकामा आन्दोलन गर्ने मृतकका दाजु विशाल पहराइले बताए । ‘हामीले न्याय नपाए सम्म आन्दोलन गर्छौ’ उनले भने ।

पीडितको आन्दोलनमा नेपाल राष्टिय दलित समाज कल्याण सङ्घ,मिसन अम्बेडकर,दलित मुक्ति मोर्चा,थरुहट÷थारु वान राष्टिय मोर्चा,नेपाल दलित पार्टी,उत्पीडित समन्वय मच,आदिवासी जनजाति महासङ्घ, नेपाल दलित मुक्ति अभियान र विश्वकर्मा समाजले एकेबद्धता जनाएका छन् ।

बिहीबार आफन्तले जिल्ला अदालत कैलाली अगाडि धर्ना बसेर न्यायको माग गरिरहेका थिए । उनीहरुले हत्या नै भएको दाबी गर्दै आएका छन् ।

‘प्रहरीको रिपोर्ट हामी मान्दैनौ, हत्यारालाई उन्मुक्ति दिनुहुँदैन’ मृतका दाजु तपेन्द्र पहराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार