११ बैशाख २०८१, मंगलवार

दार्चुला सदरमुकाममा अनिश्चित कालिन निषेधाज्ञा



धनगढी । एकै पटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुला जिल्लामा अनिश्चित कालिन निशेधाज्ञा जारी गरिएको छ ।

दार्चुलाको ददरमुकाम रहेको महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन अनिश्तिचत कालिन निषेधाज्ञा जारी गरिएको बैतडीकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले बताइन् ।

 दशै नजिकिदै गर्दा बजारमा अनावश्यक भिड बढ्नथालेको र त्यसले कोरोना संक्रमण थप फैलन सक्ने देखिएकाले अर्को सुचना जारी नहुँदा सम्मका लागि निशेधाज्ञा जारी गरिएको सहायक प्रजिअ जोशीले बताइन् ।

 उनको भनाईअनुसार हाल जारी गरिएको निषेधाज्ञा दशै सम्मका लागि जारी रहन सक्ने छ । तर त्यसका लागि निर्णय भने भएको छैन ।

नगरपालिकामा संक्रमणको जोखिम बढुनका साथै समुदाय स्तरमा कोरोना संक्रमण फैलन सक्ने देखिएको भनदै महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

 बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार