१५ बैशाख २०८१, शनिबार

प्रहरी दिवसमा पुरीकार वितरण (नामावली सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी दिवश २०७७ के अवसरमा विभिन्न व्यक्ति र निकायलार्इ पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले शुक्रबार एक समारोह आयोजना गरेर पुरस्कार वितरण गरेको हो । पुरस्कृत हुनेमा उत्कृष्ट सेवा गर्ने प्रहरी, प्रहरीलार्इ सहयाेग गर्ने स्थानीय तह, संस्था र व्यक्ति रहेका छन् ।

साे अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा अपराध बढ्न थालेको बताएका छन् । मुख्यमन्त्री भट्टले समाजमा अपराध बढ्न थालेको बताएका हुन् । मुख्यमन्त्री भट्टले प्रहरी सक्रियता अझै बढ्न आवश्यक रहेको बताएका हुन् ।

‘समाजमा महिला माथि हुने हिंसा बढिरहेको  साइबर क्राइम बढेको छ ’ मुख्यमन्त्री भट्टले भने ‘यी कुरा रोक्न प्रहरी सहज हुन जरुरी छ ।’मुख्यमन्त्री भट्टले प्रदेशमा रोजगारीको अवसर सृजना गर्ने काम भइरहेको समेत बताए । ‘अहिले नै धेरै रोजगारी सृजना भइहाल्छ भन्न सकिँदैन तर, रोजगारी सृजना गर्ने र कार्यक्रमहरू प्रशस्तै छन्’ उनले भने ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तर सुबेदीले पर्याप्त प्रविधि नहुँदा अनुसन्धान गर्न समस्या भइरहेको बताए । उनले प्रहरीले थुप्रै अनुसन्धान गरे पनि प्रविधिको प्रयोग अधिकतम हुन नसकेको बताए  ।

‘प्रदेश सरकारले प्रविधि र क्षमता अभिवृद्धिमा ध्यान दिएको छ’ उनले भने ‘सिसी क्यामेराहरू जडान भएका छन् यसले अपराध नियन्त्रणमा टेवा पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार