१५ चैत्र २०८०, बिहीबार

४३ स्वास्थ्यसंस्थाको स्तरोन्नती हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशमा ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नति गरिन लागिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक पालिका, एक अस्पताल’ योजनाअनुसार सुदूरपश्चिम प्रदेशका ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नति गरिने जनाइएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका १३ स्थानीय तहमा १५ सैय्याका अस्पताल र ३० वटा स्थानीय तहमा १० सैय्याका अस्पताल निर्माण गरिने छ ।
मन्त्रालयका अनुसार कञ्चनपुरका पाँच, कैलालीका तीन, अछाम, डोटी, बझाङ, बाजुरा र बैतडीका एक÷एक स्वास्थ्य संस्थालाई १५ शैय्या अस्पतालका रुपमा स्तरोन्नती गरिने छ ।
त्यस्तै, बाजुराका छ, बैतडी र दार्चुलाका पाँच÷पाँच, डोटीका चार, अछाम र बझाङका तीन÷तीन, डडेल्धुराका दुई, कैलाली र कञ्चनपुरका एक÷एक स्वास्थ्य संस्थालाई १० सैय्याका अस्पतालमा स्तरोन्नति गरिने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १८ गते जारी गरेको सूचना अनुसार अस्पतालको भवन निर्माणका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जनाएको छ । सूचनामा भनिएको छ– स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी पाँच, १० र १५ शैय्याका अस्पताल निर्माणका लागि रकम निकासा भइसकेको छ ।
मन्त्रालयका अनुसार पाँच शैय्याका अस्पतालका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याका लागि एक करोड रुपैया विनियोजन गरिएको छ ।
मन्त्रालयले जारी गरेको आधारभूत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७, बमोजिम भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ र लागत अनुमान पठाइसकिएकोले कार्तिक मसान्तसम्म निर्माणको प्रक्रिया प्रारम्भ गर्न गराउन पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार