१३ बैशाख २०८१, बिहीबार

पाठ्यपुस्तकमा कमिशनको खेल



धनगढी । कैलालीका निजी विद्यालयले कमिसनका आधारमा वर्षैपिच्छे फरकफरक पब्लिकेशनका पुस्तक खरिद गर्न लगाउने गरेको अभिभावकहरुको गुनासो छ ।

जुन पब्लिकेशनले बढी कमिसन दिन्छ त्यसैको किताव किन्न लगाएर विद्यालय संचालकले अभिभावकमाथि अनावश्यक व्यायभार थुप्रन्छन्् । यस वर्ष निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धनगढीले नै उक्त कुरा वाहिर ल्याएको छ ।
संगठनले निर्णय गरेको पब्लिकेशनको कम्प्यूटर विषयको किताव छनैट नगर्ने विद्यालयलाई प्याब्सनले जरिवाना गरेको छ ।
प्याब्सनले आफुस“ग आवद्ध विद्यालयले अनिवार्यरुपमा ओसन पब्लिकेशनको कम्प्यूटर विषय पढाउनुपर्ने उर्दि जारी गरेको थियो ।
उक्त उर्दि नमान्ने विद्यालयलाई १० हजार देखि ४० हजार रुपैया“सम्म जरिवाना गर्ने प्याब्सनले निर्णय गरेको छ ।
उर्दि नमान्ने विद्यालयलाई तीन दिनभित्र जरिवाना बुझाउन भन्दै प्याब्सनले जरिवाना नबुझाउने विद्यालयलाई कडा कारवाही गर्ने चेतावनीसहितको धम्किपूर्ण पत्र पठाएको छ ।
प्याब्सनको उक्त धम्किपूर्ण पत्र सामाजिक संजालबाट बाहिरिए पछि चर्को आलोचना भैरहेको छ । प्याब्सनले कमिसनको खेलमा कितावमा सिन्डिकेट लगाएर अभिभावकमाथि लुट मच्चाएको भन्दै सरोकावालाहरूले चौतर्फी विरोध गरिरहेका छन्् ।
प्याब्सनको उक्त कार्यको स्वयम् नीजि विद्यालयका संचालकहरूलेसमेत विरोध गरेका छन्् ।
प्याब्सन उर्दि नमान्दा १० हजार रुपैया“ जरिवाना तोकिएको दि गार्डनर स्कुलका संस्थापक प्रिन्सिपल कैलाश दाहालले यसमा संलग्न ब्यवसायी देखि समितिका पदाधिकारीलाई कानुनी कारवाही हुनुपर्ने बताए ।
प्याब्सनले ग्यालेक्सी माविलाई ३० हजार तथा एरिष्टो माविलाई ४० हजार जरिवाना तोकेको छ ।
नीजि विद्यालयका संचालकहरूले कमिसनकै कारण वर्षेनी नया“ प्रकाशनका कितावहरू पढ्न लगाउने गरेको भन्दै सामाजिक अभियान्ता भदन भट्टले अभिभावकलाई लुटेर खाने माफियाहरूलाई कारवाही हुनुपर्ने बताए ।
कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक सीताराम भट्टले प्याब्सनले आफ्नै अपमानहुने गरी उर्दि जारी गरेको बताए ।
यसरी उर्दि जारी भएका किताव गुणस्तरहिनसमेत हुन सक्ने भन्दै उनले विद्यालय आफैंले स्वविवेकले छनैट गर्ने अधिकारको हनन् भएको बताए ।
आफूले यसरी उर्दि जारी भएका सामाजिक शिक्षा लगायतका पुस्तकहरू अत्यन्त स्तरहीन पाएकोसमेत उनले बताए । स्टेपिङ स्टोन स्कुलले नै प्याब्सनको यो निर्णय बाहिर ल्याएको हो । प्याबसनले स्टेपिङका संचालक रामजी हमाललाई संगठनको नियम विपरित काम गरेको भन्दै निलम्बन गरेको छ ।
प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको बताए ।
उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए । जसमध्ये ७ वटा विद्यालयले लगाउने सहमति जनाइसकेका छन्् । दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन् ।
प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरूमा कम्प्युटर किताब लगाउने सहमति गरेको खुलेको छ ।
कैलालीमा हरेक वर्ष पब्लिकेशनको अफरको आधारमा परिवर्तन हुने गरेको छ । एक विद्यालय संचालकले भने,‘पब्लिकेशनले आकर्षित अफर दिए हामीले त्यही छनैट गरी अभिभावकहरूलाई खरिद गर्न लगाउने गरेका छौं ।’
ती सञ्चालकले जुन विद्यालयले संगठनको निर्णय मान्दैन त्यसलाई सोही अनुरुप कारवाही पनि हुने गरेको बताए । प्याब्सन धनगढीमा ५३ वटा विद्यालय आवद्ध छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार