१२ बैशाख २०८१, बुधबार

गोदावरीलाई राजधानी बनाउने काम चाँडै अघि बढ्छ : मन्त्री भट्ट




धनगढी / नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चाँडै राजधानी गोदावरी निर्माण हुने गरेर संघीय सरकारले वन सम्वन्धी समस्या समाधान गर्ने बताएका छन् ।

प्रेस संगठन कैलालीद्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भने संघीय सरकारको मन्त्रीपरिषद चाडै आवश्यक निर्णय गर्छ ।

उनले फस्फोराइट खानी उत्खनन गरेर कैलाली वा कञ्चकारखाना स्थापना गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

प्रधानमन्त्रीले समेत चाँसो राख्नु भएको छ बैतडीको दोगडाकेदारमा पुगेर फस्फोराइट खानीको अवस्था बारे बुझेर फर्किनु भएका मन्त्री भट्टले भने फस्फोराइट र कारखानाका स्थापनाका लागि लगानी अभाव हुँदैन ।

उनले उत्खननको नतिजा आएलगत्तै डिएपी मल उत्पादन गर्न उद्योग स्थापना गर्ने प्रयास गरिने बताए ।
नेपालमै कृषि मलको संभावना अध्ययन गर्न खानी तथा भू–गर्भ विभागको १५ जनाको टोली फस्फोराईट खानीमा ५० मिटर गहिरो प्वाल पार्न यसअघि नै बैतडीको दोगडाकेरा गाउँपालिका पुगिसकेको छ त्यसले ५५ दिनमा काम सक्ने छ उनले बताए ।

उनले चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको समेत बताए ।

उनले कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रबेश गरेको बताउदै उनले भने दोधरा–चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार