२२ बैशाख २०८१, शनिबार

भारतबाट आउनेलाई भोजन खुवाउदै युवाहरु (फोटो फिचर सहित )




धनगढी । कारोना महामारीका कारण वेरोजगार भएका कारण भारतबाट आउनेहरुलाई धनगढीका युवाहरुले दिनँहु भोजन खुवाइ रहेका छन् ।

रोजगारीका लागि फेरि भारत जानेहरु पनि बढदै नेपाल आउनेहरुको संख्या पनि रोकिएको छैन । गौरीफन्टा नाकाबाट अहिले पनि दिनहुँ नेपालीहरु घर फर्किरहेका छन् ।

अहिले जतासुकै खान खान असुरक्षित हुने भएकोले स्वास्थ्य मापदण्ड पुरा गरेर आदर्श नव युवा क्लव धनगढी–५ हसनपुरका युवाहरुले नेपाल भारत सीमा नजिकै त्रिनगर भन्सार क्षेत्रमो खाना खुवाइरहेका हुन ।

खाना खायौ अव गाडीमा अछाम जान लाग्यौ अछाम साँफेबगरका राजु नेपालीले भने हामी कति वेरोजगारी त कति घरमै दशै मनाऔ भनेर नेपाल आइरहेका छौ ।

श्रीमती, वच्चा र आमा सहित घर फर्किएका उनले सीमामा खाना खाएर बस चढ्ने पाउने व्यवस्था राम्रो भएको बताए ।

क्ववका अध्यक्ष निराजन खड्का अनुसार सो क्लवले ४१ दिनदेखि खाना खुवाउने काम गरिरहेको छ । हामीले विहान ८ देखि ५ बजेसम्म खाना खुवाइरहेका छौ उनले भने प्राय जस्तो ३०० देखि ७०० सम्मलाई दैनिक खाना खुवाउने गरेका छौ ।

सोही क्लवले धनगढी कभर्डहलमा आउने कोरोनाका विमारीलाई पनि खाना खुवाइरहेको छ । अध्यक्ष खड्काका अनुसार खाना खुवाउनका लागि धनगढी उपमहानगरपालिकाले सहयोग गरेको छ ।

यस्तै गरेर संयुक्त राष्ट्र संघको धनगढी कार्यालयले केही समय मिनिरल वाटर (पानी ) सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार