४ बैशाख २०८१, मंगलवार

भजनीका बाढीपीडितलाई राहत वितरण




भजनी / कैलाली भजनी नगरपालिका –८ का ३४४ बाढी पीडित परिवालाई शनिबार राहत वितरण गरिएको छ ।

सो वडाका वडाअध्यक्ष पंकज चौधरीका अनुसार डिसिएको सहयोगमा फाया नेपालले राहत वितरण गरेको हो । फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतका अनुसार ३५ लिटरको ढकन र टुटी सहितको बाल्टी, ३७५ ग्राम सावून, तीन सय एमएल पानी सफा गर्ने पियूस ३४४ परिवारलाई नै दिइएको छ ।

यस्तै गरेर सुत्केरी, गर्भवती, एकल महिला र अपांगता भएका, जेष्ठ महिलालाई अत्यावश्यक सामाग्री किन्ने गरेर दुई हजारका दरले सहयोग गरिएको स्थानीय अगुवा जय ढुंगानाले बताए ।
साउन १४ गते आएका बाढीले सो वडाका प्राय सबै घरलाई प्रभावित गरेको थियो भने धानबाली समेत नष्ट गरेको थियो ।

फायाले यसअघि पनि घर मर्मत र खाद्यान्न खर्चका लागि ती ३४४ परिवारलाई नै प्रतिपरिवार ९ हजार रुपियाँ राहत दिएको थियो ।

बाढी पीडितलाई वडाअध्यक्ष चौधरी र नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार