कवाडीमा एकै परिवारका पाँच जना बगे
बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन् ।

शुक्रवार दिउसो छोराछोरी समेत खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए । बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए ।
के कती कारणले डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका हरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।